अर्घाखाँचीमा बरुवा बन्दुक सहित २ जना पक्राउ

सागर महत ,अर्घाखाँची ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पाणिनी गाँउपालिका वडा नम्बर ८ हाँडिकोटबाट भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोहि वडाका ४१ बर्षिय सुरेश कुमाल र ३० वर्षिय कमल कुमाल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट भरुवा बन्दुक ,बन्दुकमा प्रयोग हुने बारुद जस्तो धुलो पदार्थ, केप, विभिन्न साईजको स्टिलको छर्राहरु र रडबाट बनेको छर्राहरु सहित पक्राउ गरिएको हो ।

जसअन्तर्गत भरुवा बन्दुक १ थान ,स्टिलको छर्रा २७थान , स्टिलको वेरीङ थान १सय७४, रड काटी बनाईएको छर्रा थान ८७ ,कालो धुलो पदार्थ ,भरुवा बन्दुकमा प्रयोग हुने केप ७ थान,फलामको पिलास १थान ,स्टिलको चक्कु १थान प्रहरीले उनीहरुबाट प्रहरी नियन्त्रणमा लिएको हो।गस्तीमा खटेको प्रहरीले जंगलबाट उनीहरुलाई पक्राउ गरेको हो ।अर्घाखाँची जिल्ला अदालतबाट हातहियार खरखजाना सम्बन्धी कसुरमा म्याद थप लिई अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरिक्षक मल्लको भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close