लुम्बिनी प्रदेशमा अब जनशक्तिको अभाव नहुनेःमुख्यमन्त्री आचार्य

सन्धिखर्क ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिद मनोज–झपेन्द्र–सुरेन्द्रको शालिक अनावरण गर्नु भएको छ । नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा निर्माण गरेको शालिक अनावरण गर्नु भएको हो । सहिद पार्क निर्माण गरेर सहिदहरुको योगदानलाइ स्मरणीय र पुस्तान्तरण गर्न सहयोग पुगेको छ ।सहिद पार्क र सालिक निर्माणबाट सहिदको योगदानलाइ जीवन्त राख्न र नयाँ पुस्तालाई प्रेरणा दिन सकिएको बताउनु भएको हो ।

यस्तै लुम्बिनी प्रदेशमा ४ हजार ७८ कर्मचारीको दरबन्दि मध्य एक हजार ९ सय कर्मचारी पदपूर्तिकालागी प्रदेश लोकसेवा आयोगले आफ्नो काम अघि बढाएकाले अब प्रदेशमा जनशक्तिको अभाव नहुने बताउनु भयो ।

मुख्यमन्त्री आचार्यले चालू आर्थिक बर्षमा प्रदेशबाट बिनियोजन भएका बजेट तथा कार्यक्रमको कार्यान्वयन र अनुगमनलाइ स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी तहबाट पनि ध्यान दिन आग्रह गर्नु भयो ।
निजामती कर्मचारी सङ्गठन अर्घाखाँचीका अध्यक्ष गणेशप्रसाद भण्डारीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निजामती कर्मचारीका साथै राजनीतिककर्मी, सामाजिक अभियानकर्मी, जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close