अबदेखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाण्डौं ।बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० संशोधन तथा परिमार्जन गरी माघ १गतेदेखि लागु हुने गरी बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने व्यवस्था गरेको छ।
त्यस्तै, सामाजिक सुरक्षाअन्तर्गतको सरकारी भुक्तानी दिँदा सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा मात्रै खाता खोल्नुपर्ने भएको छ । यसका लागि खाताबाट रकम झिक्नुअघि ग्राहकको पहिचान गर्नु अनिवार्य भएको निर्देशनमा भनिएको छ ।

ग्राहकको पहिचान गर्दा पनि ग्राहकको नेपाली नागरिक वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणका आधारमा गर्नुपर्ने उल्लेख छ ।राष्ट्र बैंकले नयाँ खाता खोल्न मात्र नभएर पुरानो खातालाई अद्यावधिक गर्न पनि राष्ट्रिय परिचय पत्रलाई प्रयोगमा ल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको छ।
त्यसैगरी, बैंक तथा वित्तीय संस्थाको खाता खोल्दा ग्राहकले उपलब्ध गराएको नम्बरको विवरण निज ग्राहककै रहे नरहेको, निहित जोखिमका आधारमा संस्थाले आवश्यक पहिचान पद्धति अवलम्बन गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close