न्यायिक संजाल अर्घाखाँचीको बैठक मालारानी सम्पन्न,जिल्ला सम्मेलन सन्धिखर्कमा हुने

सन्धिखर्क ।न्यायिक संजाल अर्घाखाँचीको तेस्रो बैठक मालारानी गाउपालिकामा सम्पन्न भएको छ । कार्यक्रम न्यायिक संजाल जिल्ला अध्यक्ष गिता भाटको अध्यक्षता र मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराईको प्रमुख अतिथ्यतामा भएको बैठकमा नगरपालिका का उपप्रमुखहरु गाउँपालिका उपाध्यक्ष हरु न्यायिक समिति पदाधिकारीहरुको उपस्थितिमा बैठक सम्पन्न भएको न्यायिक समितिका जिल्ला सदस्य चोपनारायण श्रेष्ठले जानाकारि दिनुभयो । आज तेस्रो बैठक मालारानी गाउँपालिकामा सम्पन्न भएको हो।
बैठकमा ६ वटै पालिकामा भए गरेका कामहरुको समिक्षा गर्दै आगामी दोस्रो न्यायिक जिल्ला सम्मेलन सन्धिखर्क नगरपालिकाले सन्धिखर्कमा आयोजना गर्ने निर्णय भएको न्यायिक समितिका जिल्ला अध्यक्ष गिता भाटले बताउनुभयो ।
स्थानीय विवाद समाधानमा न्यायिक समितिलाई अब्बल देखाउन सक्ने विधि, प्रक्रिया र पद्धतिको बारेमा विस्तृत रुपमा चर्चा परिचर्चा भएको जनाएका छन् ।
स्थानीय तहमा रहेका न्यायिक समितिलाई मद्दत पुगोस् भन्ने उद्देश्य र सामूहिक सोचबाट यो बैठक आयोजना गरिएको मालारानी गाउँपालिकाकी उपाध्यक्ष दिपा पोखरेलको भनाइ छ ।
कमेन्ट गर्नुहोस !