गुल्मीमा गाउँपालिका अध्यक्षले प्रशासन कार्यालयको स्क्यानर फुटाए

गुल्मी । गुल्मीमा गाउँपालिका अध्यक्षले जिल्ला प्रशासन कार्यालयको स्क्यानर फुटाएका छन्। कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद थापामगरले जिल्ला प्रशासन कार्यालयको स्क्यानर फुटाएका छन्। प्रशासन कार्यालयमा रहेको राहदानी फाँटको स्क्यानर फुटाएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो।
थापाले आफ्नो गाउँपालिका भूगोलको हिसाबले टाढा रहेकाले छुट्टै व्यवस्थाको माग राख्ने क्रममा आवेगमा आएर प्रशासन कार्यालयको स्क्यानर फुटाएको स्वीकारेको समेत जनाएको छ । उनीसंग क्षतिपुर्ती माग समेत गरिएको छ ।
कमेन्ट गर्नुहोस !