भूमिकास्थान नगरपालिकामा प्रथम नगरस्तरीय मेयर कप भलिबल प्रतियोगिता सुरु

टेकराज भुसाल,नुवाकोट अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा नगरस्तरिय मेयर कप भलिबल प्रतियोगिता सुरु भएको छ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका सुरु भएको प्रतियोगिताको मंगलबार नगरप्रमुख झविलाल थापाले उद्घाटन गर्नुभएको हो।सो अवसरमा बोल्दै नगरप्रमुख थापाले यस वर्षबाट शुरु गरिएको मेयर कपलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

नगरप्रमुख थापाले नगरपालिकाले भलिबल प्रतियोगिताको आयोजना गरेर ग्रामिण क्षेत्रमा खेलकुदका गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो स्थानीय तहका जनप्रतिनिधिले खेलकुद क्षेत्रमा चासो राखेकाले प्रतियोगिता आयोजना गरिएको छ। यसले नगरपालिका क्षेत्रभित्र रहेका खेलाडीहरुको प्रतिभा विकास हुनेसँगै सबै नागरिकलाई फाइदा हुन्छ।

कार्यक्रममा भूमिकास्थान नगरपालिकाका उपप्रमुख बालाकृष्ण बन्जाडे, पूर्व नगरप्रमुख रेशम थापा, जिल्ला समन्वय समिति अर्घाखाँचीका सदस्य झुपलाल खनाल, वार्ड नम्बर १ र १० सम्मका वडाध्यक्ष, सदस्यहरु, भूमिकास्थान नगरपालिका नगरस्तरीय यूवा संजालका संयोजक टेकराज भुसाल, पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष रुद्रमणि भुसाल लगायतको आतिथ्यता रहेको थियो।
भोलीसम्म संचालन हुने प्रतियोगितामा भूमिकास्थान नगरपालिकाका १० वटा वडाबाट १० टिमको सहभागी रहेको छ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशस् ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close