अर्घाखाँचीबाट भारततर्फ जाँदै गरेको बसले ठक्कर दिँदा एक युवक मृत्यु

कपिलबस्तु ।अर्घाखाँचीबाट भारतको दिल्लीतर्फ जाँदै गरेको बसले कपिलवस्तुमा ठक्कर दिदा एक युवकको मृत्यु भएको छ। बुधबार बेलुका पूर्वपश्चिम राजमार्गमा पर्ने शिवराज नगरपालिका–१ स्थित भाइरलडाँडामा सवारी दुर्घटना भएको हो।दुर्घटनामा दाङको राप्ती गाउँपालिका–४ मौरिघाट घर भएका मोटरसाइकल चालक २७ वर्षीय लिलाराम कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही मोटरसाइकलको पछाडि सवार राप्ती ४ कै २९ वर्षीय खुसीराम चौधरी घाइते भएका छन्।
अर्घाखाँचीबाट भारतको दिल्लीतिर जाँदै गरेको लु २ ख २१४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ३४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।घाइते चौधरीरीको स्थानीय संजीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ। घटनामा संलग्न मोटरसाइकल र बस दुवै प्रहरीको नियन्त्रणमा रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहले बताए।
कमेन्ट गर्नुहोस !