महिला स्वास्थ्य स्वयंसेविका सार्वजनिक गाडीमा निःशुल्क चढ्न पाउने

काठमाण्डौं ।महिला स्वास्थ्य स्वयंसेविकाहरूले कामका लागि आवतजावत गर्न सार्वजनिक गाडी निःशुल्क चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक गाडीमा भाडा नलिने सम्झौता गरेका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज एक कार्यक्रमबीच मन्त्रालय र यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँगबीच सम्झौता भएको हो ।सम्झौताबाट ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने सरकारको विश्वास छ ।महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निःशुल्क सार्वजनिक गाडीको सेवा कात्तिक १५ गतेदेखि शुरू हुनेछ । निःशुल्क सार्वजनिक गाडी चढ्नका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पोशाकमा वा परिचयपत्र बोकेको हुनुपर्ने छ ।
कमेन्ट गर्नुहोस !