सन्धिखर्कमा अचेत अवस्थामा भेटिएका पुरुषको मृत्यु

सन्धिखर्क ।अचेत अवस्थामा भेटिएका सन्धिखर्क नगरपालिका वडा नम्बर १० का ५२ वर्षीय बलबहादुर खत्रीको मृत्यु भएको छ । गएराति अचेत अवस्थामा सन्धिखर्क नगरपालिका वडा नम्बर २ भलाए डाँडामा फेला परेपछि जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारका लागि ल्याइएका खत्रीको उपचारको क्रममा मृत्यु भएको हो।

सडक छेउमा लडिरहेको अचेत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी सहायक निरीक्षक भिमबहादुर रोकाका अनुसार टाउको तथा निधारमा खत्रीलाई गम्भीर चोटपटक लागेको बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close