अर्घाखाँचीको मुख्य सडक गोरुसिंगे —सन्धिखर्क सडक पहिरोले अबरुद्ध

सागर महत,,अर्घाखाँची ।
अर्घाखाँचीको गोरुसिंगे —सन्धिखर्क सडकमा विभिन्न ठाउँमा पहिरो जाँदा अबरुद्ध भएको छ ।

 

अस्ती देखि परेको अविरल बर्षाका कारण सन्धिखर्क नगरपालिकाको ६जगता देखि नरपानी सम्म १२ठाउँमा पहिरो गएकाले सडक अवरुद्व भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विपिन कार्कीले जानकारी दिनुभयो ।

 


यस्तै शितगंगा नगरपालिका वडा नम्बर १२को बसेरी देखि सितापुर सम्मका विभिन्न ठाउँमा पनि पहिरो गएको समेत बताएको छ ।बाटो खुलाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।यात्रा गर्दा प्रहरी सँग समन्वय गर्न समेत अनुरोध गरिएको छ ।सडक बन्द भएपछि जिल्ला भित्रने र बाहिरीने यात्रु बाटोमा अलपत्र परेका छन ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close