अर्घाखाँची अनेरास्ववियुको अध्यक्षमा बिराज मुखिया चयन

सन्धिखर्क ।अनेरास्ववियु अर्घाखाँचीको २२औं जिल्ला अधिबेशन सन्धिखर्कमा सम्पन्न भएको छ । अधिबेशन बाट बिराज मुखियाको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ । जसको उपाध्यक्षमा बिक्रम नेपालि, सन्तोष भट्टराई ,सचिबमा प्रशान्त खनाल ,सह—सचिबमा बिनोद पौडेल,झरना केसी, खिम बहादुर बिसी र कोषाध्यक्षमा बिपिन पन्थी लगायत चयन हुनुभएको हो ।
अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष धर्मा गिरिको प्रमुख आथिथ्यता, बिशिस्ट अतिथी संगठनका केन्द्रिय सचिव बिनिता काफ्ले , नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसाल, अनेरास्ववियु स्थाई कमिटी सदस्य प्रदिप नेपाली , अनेरास्ववियु लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष बाठा मगर, प्रदेश उपाध्यक्ष नारायण भुसाल लगायतको उपस्थितिमा अधिबेशन सम्पन्न भएको बताएको छ ।
कमेन्ट गर्नुहोस !