नेविसंघ अर्घाखाँचीले बिपि जयन्ती बिरामीलाई फलफुल वितरण गरेर मनायो

सन्धिखर्क ।नेपाल बिधार्थी संघ अर्घाखाँचीको आयोजना मा १११ औं बिपि जयन्तीको अबसरमा जिल्ला अस्पताल अर्घाखाँचीमा रहेका बिरामिहरु लाई फलफूल बितरण गरिएको छ।बिरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण गरिएको नेपाल विद्यार्थी संघ अर्घाखाँचीका सभापति कृष्ण भुसालले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले नेपाली राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको आज १११औँ जन्मजयन्ती मनाइरहदा नेपाली राजनिति इतिहासमा ठुलो परिवर्तन ल्याउने हस्ती भएको बताउनुभयो ।यस्तै बिपिको जन्म जयन्ती पारेर नेविसंघ अर्घाखाँचीले बिरामीलाई फलफुल वितरण जस्ता रचनात्मक काम गरेकोमा धन्ययवाद दिनुभयो ।यस्तै सभापति श्रेष्ठले जिल्लामा संगठन चलायमान बनाउनको लागि नियमित कार्यक्रम संचालन गरेको बताउनुभयो ।
यस्तै नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति कमल प्रसाद भुसालले बिपि कोइरालाले लोकतन्त्र ल्याउनमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सदस्य शान्ता भण्डारी, जिल्ला उपसभापति बाबुराम पौडेल, जिल्ला सचिब कृष्णप्रसाद खनाल, जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डाक्टर जगन्नाथ तिबारी ,नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष बिष्णु क्षेत्री महासमिति सदस्य मणिराम परियार जिल्ला सदस्य हरि दमासे, लिलाधर बस्याल महाधिवेशन प्रतिनिधि चन्द्रा गैरे, क्षेत्रीय सभापति हेमन्त बेल्बासे,सन्धिखर्क नगरसभापति बाबुराम भुसाल, कांग्रेस युवा नेता चोपनारायण श्रेष्ठ, नेपाल तरुण दलका अध्यक्ष नारायण खड्का ,तरुणल नेता राजकुमार श्रेष्ठ नेबिसंका नेता सन्जय पान्डे ,भरतमणि भट्टराई लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close