तीज पर्वलाई सामाजिक जागरणको रुपमा मनाऔंः अनेम संघ महासचिव राना

गोपाल प्रसाद भट्टराई,अर्घाखाँची।
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ अर्घाखाँचीले तीज मिलन कार्यक्रम–२०८१ सम्पन्न गरेको छ । तीजको अवसरमा शुभकामना आदान–प्रदान,
नाँच–गान एवम् महिलाहरुले सामुहिक रुपमा दरखाने खुवाउने गरि मंगलबार सन्धिखर्कमा तीज मिलन कार्यक्रम गरेको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेमसंघ केन्द्रिय महासचिव सकुन्तला रानाले तीज पर्वलाई सामाजिक जागरणको रुपमा लिनुपर्ने बताउनुभएको छ ।
तीजको बहानामा भएका नकारात्मक पक्षलाई हटाउँदै सकारात्मक रुपमा अघि बढ्नुपर्नेमा उहाँको जोड छ ।
“चाडपर्वलाई कम खर्चिलो बनाउनुपर्छ, भडकिलो बनाउनु हुँदैन ।” महासचिव रानाले भन्नुभयो,“तीज गीतको माध्यमबाट आफ्ना अधिकार माग्ने र सामाजिक
जागरण ल्याउने काम गर्नुपर्दछ ।”
राष्ट्रिय जनमोर्चाका लुम्बिीनी प्रदेश सल्लाहकार शेर बहादुर वि.सी.लेअनेमसंघ अन्य राजनीतिक दलको महिला संगठन भन्दा विचार र क्षमताले अब्बल रहेको दाबी गर्नुभएको छ । समाजमा रहेका विकृति र विसंगतिलाई चिर्न
अनेमसंघले अगुवाइ गर्नुपर्नेमा उहाँको जोड छ ।
राजमो केन्द्रिय सदस्य तथा भूमिकास्थान नगरप्रमुख झविलाल थापाले मुलुकमाप्राप्त उपलब्धि हाँसिल गर्न र परिवर्तनको आन्दोलनमा महिलाहरुको योगदानको चर्चा गर्नुभएको छ ।
सचेत महिलाहरुको अगुवाई र योगदानका कारण आज
महिलाहरुले स्वतन्त्र रुपमा तीज पर्व मनाउन पाएको उहाँको तर्क छ ।राजमो जिल्ला सह–सचिव तथा सन्धिखर्क नगरपालिकाको कार्यपालिका सदस्य लिला
भुसालले प्राप्त उपलब्धिको रक्षा, उपयोग र नेतृत्वमा पुग्नको लागि महिला एकता अपरिहार्य भएको बताउनुभएको छ । चाडपर्वलाई भड्किलो नभई सामान्य रुपमा मनाउन उहाँले पनि आग्रह गर्नुभएको छ ।
अनेम संघ जिल्ला कोषाध्यक्ष मिना भट्टराईको अध्यक्षता, सदस्य तुलसा कंवरको स्वागत मन्तव्य र सचिव कल्पना पोख्रेलको सञ्चालनमा सम्पन्न
कार्यक्रममा राजमो अर्घाखाँचीका नेता, अगुवा महिला तथा कार्यकर्ताहरुकोउल्लेख्य सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस !