वडाध्यक्ष गुरुङ ऋण तिर्न बेलायत पुगे

काठमाडौं ।दाङको राप्ती गाउँपालिका वडा नम्बर ८का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ ऋण तिर्न बेलायत पुगेका छन ।२०७९ को स्थानीय चुनावअघि कार्यालय सहयोगी रहेका उननि चुनावपछि सोही वडाको अध्यक्ष बनेका थिए ।वडा अध्यक्ष उठदा लागेको करिव ५० लाख ऋण र बिरामी आमालाई उपचार गर्दा ऋण लागेको कारण उनी विदेशीएको बताएको छ ।
एमालेबाट निर्वाचित उनी पहिले वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका थिए । तीन वर्ष साउदी अरब र मलेसियामा बसेर घर फर्किए ।अघिल्लो कार्यकालमा वडा कार्यालयमा सहयोगीको रुपमा ५ वर्ष काम गरेका उनी २०७९ को चुनावमा उनले एमालेबाट टिकट पाएका थिए ।
कमेन्ट गर्नुहोस !