सन्धिखर्कमा आज विद्युत अवरुद्व हुने

सागर महत, ,अर्घाखाँची ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क बजार एरियामा आज १० घण्टा विद्युत अवरुद्व हुने भएको छ ।
बिहान १० बजेदेखि बेलुका ७ बजे सम्म ११ के. भि.तथा एल्टी लाईनका दुर्घटना हुने सम्भावना देखिएका होचा पोलहरु फेर्ने तथा लत्रिएका तारहरु तन्काउने लगायतका मर्मत सुधार कार्य गर्नको लागि विद्युत अवरुद्व हुने नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्र अर्घाखाँचीका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिनुभयो ।यस्तै तोकिएको समय अगावै मर्मत कार्य सम्पन्न भएमा छिट्टै विद्युत सुचारु हुने उहाँले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !