प्रचण्डले विश्वासको मत लिन नसकेपछि ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरे

असार २९,काठमाण्डौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिन नसकेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेकपा (एमाले) र नेपाली कांग्रेसको तर्फबाट नेपालको संविधानको धारा ७६ (२) बमोजिम एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार निर्माणका लागि दाबी पेश भएको हो ।कांग्रेसका ८८ र एमालेका ७८ सहित १ सय ६६ जना सांसदको हस्ताक्षरमा दाबी पेश भएको छ ।
कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएका ओलीलाई अन्य सात वटा दलले पनि समर्थन जनाएका छन् । दाबी पेश गर्न ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै पार्टीका नेताहरू पुगेका थिए ।यसअघि असार १८ गते मध्यरातमा कांग्रेस–एमालेबीच सत्ता समीकरणमा सहमति भएको थियो ।
कमेन्ट गर्नुहोस !