प्रविधि क्षेत्रमा आएको परिवर्तनले पत्रकारिता क्षेत्रमा थप संकट र चुनौती छःकेसी

सन्धिखर्क ।न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य आस्था केसीले न्यूनतम पारिश्रमिक दिन नसक्ने सञ्चारगृहलाई कर्मचारी नराख्न सुझाव दिएकी छिन्। नेपाल पत्रकार महासंघ अर्घाखाँचीको समन्वय तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिले सन्धिखर्कमा आयोजना गरेको ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र संशोधनका विषय’अन्तर्गतको जिल्लास्तरीय अन्तर्क्रिया कार्यक्रममा उनले न्यूनतम पारिश्रमिक दिन नसक्ने सञ्चारगृहले कर्मचारी राख्न नहुने सुझाव दिइकी छन ।पछिल्लो समय प्रविधि क्षेत्रमा आएको परिवर्तनले पत्रकारिता क्षेत्रमा थप संकट र चुनौती थपिएको उनको भनाइ छ ।
संचार माध्यमको अवस्था र आगामी दिनमा र न्युनतम पारिश्रमिक निर्धारण समिति गनुर््पर्ने कार्यको विषयमा सुझाव संकलन पनि गरिएको हो ।समिति सदस्य केसीको सहजीकरण, महासंघ अध्यक्ष अशोक खनालको अध्यक्षता, उपाध्यक्ष वीरेन्द्र केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सदस्य राधा नेपाली, पुर्बअध्यक्षद्वय शोभाखर पन्थी, हिमबहादुर जिसी (लेकाली), प्रदेश सदस्य प्रेम आचार्य, पुर्बउपाध्यक्ष गणेश खनाल, पुर्बसचिव सुर्य भुसाल, महासंघ कोषाध्यक्ष रूद्रमणि भुसाल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कमेन्ट गर्नुहोस !