अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले बाँझो जमिनमा खेती र सडक कालो पत्रो गर्दै

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले नवप्रवर्द्धनात्मक कार्यक्रम अन्तरगत कर्मशील जनशक्ति परिचालन गर्ने, बाँझो जग्गामा व्यवसायीक खेती गर्न सूचीकृत बेरोजगारलाई काममा लगाउने निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।बढ्दो बसाईसराईलाई कम गर्नको लागि आर्थिक वर्ष २०८१ /८२ को लागि सोहि अनुसारको कार्यक्रम तय गरेको नगप्रमुख झविलाल थापाले बताएका छन।
नगरपालिकाले यो आर्थिक वर्षदेखि संचालन गरेको कर्मशील जनशक्ति प्रभावकारी बन्दै गएकाले स्वरोजगार बनाउने उदेश्यका साथ अगाडी बढेको हो । सूचीकृत बेरोजगारलाई थप रोजगारी उपलब्ध गराउने र स्थानीय कच्चा पदार्थहरु मकैको पोस्कर थाकलको पातबाट हस्तकलाका सामग्री उत्पादन गरि रोजगार मुलक कार्यम्रममा जोडने छ ।


स्थानीय जातका कोदो,फापर गह,जौ,भटमास जस्ता बालीको संरक्षण गरी अर्गानिक कृषि वस्तुमा जोड दिई यस्ता स्थानीय बालीहरुको उपयोग र बजारीकरणमा प्राथमिकता दिने निति लिएको छ ।
यस्तै भूमिकास्थानले नगरस्तरिय मुख्य सडकको अतिरिक्त वडा स्तरका १० वटा सडकमा समेत कालोपत्रेको कार्य प्रारम्भ गर्ने गरि बजेटको व्यवस्था गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख थापाले यस्तो बताएका हुन ।निर्माण सम्पन्न भएर दक्ष जनशक्तीको अभावमा संचालन हुन नसकेको १५ शैयाको अस्पताल संचालन गर्ने निति लिएको हो ।
महिलाहरुलाई स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि निशुल्क परिक्षण गरिने उपप्रमुख बालकृष्ण बन्जाडेले बताए ।जेष्ठ नागरिकलाई घरदैलो सेवा लगायतका कार्यक्रम संचालन गर्ने भएको छ ।
आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि ८६ करोड ८८ लाख ४७ हजार रुपैयाँको बजेट पेश गरिएको प्रमुख प्रशासकीय अधिकृत जग्दिश चन्द्र नेपालीले बताए ।विषगत क्षेत्रगतमा आर्थिक विकास क्षेत्रमा ३ करोड २८ लाख ९४ हजार,सामाजिक विकास क्षेत्रमा ३९ करोड ७९लाख ३१हजार,पुर्वाधार विकासमा १३ करोड ९१ लाख,वन वातावरण तथा विपद व्यवस्थापनमा ४० लाख,सुशान तथा संस्थागत विकासमा १० करोड ९९ लाख४९ हजार,जेष्ठ नागरिक दीर्घ सेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रममा ६८ करोड ३८ लाख७४ हजार र जेष्ठ नागरिक दीर्घ सेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रममा १८ करोड५० लाख गरि ८६ करोड८८ लाख ७४ हजारको बजेट पारित भएको प्रमुख प्रशासकिय अधिकृत नेपालीको भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close