कृषि ज्ञान केन्द्र अर्घाखाँचीको करिव ४ करोड बजेट पस्तावित

सागर महत,सन्धिखर्क ।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीको बजेट गत आर्थिक वर्षको भन्दा १५ प्रतिसत कमी हुने भएको छ । २०८०/०८१मा ४करोड७१ लाख रहेकोमा यस आर्थिक वर्ष २०८१/०८२ को लागि घटेर ३करोड ९८ लाखको बजेट पस्तावित भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्वीराज घिमिरेले बताउनुभयो ।
सोहि कार्यालयबाट स्थानीय तहमा खटीएका कृषि प्राविधिकसँगको अन्तक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभयो ।
बजेट क्रमश घट्दै जादाँ कृषका समस्या बढ्दै जाने बताउनुभयो । कृषकका मागका कार्यक्रम प्रभावीत हुने बताउनुभयो ।

यस्तै कार्यालयले सिंचाइ सहित कृषि विकास कार्यक्रम , पि.वि.एस वीउ आलु वितरण,बालीवस्तु विशेष सघन व्यवसायिक उत्पादन क्षेत्र कार्यक्रम,लक्षित समुदाय विशेष आय आर्जन कार्यक्रम,मौरी गोला तथा घार वितरण,माटो व्यवस्थापन ,फलफुलमन विरुवा वितरण,कृषि संजाल गठन लगायतका कार्यक्रमहरु समावेश गरिएको कार्यालय प्रमुख घिमिरेको भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close