शितगंगामा भएको भलिबल प्रतियोगिताको उपाधी मालारानीले जित्यो

शितगंगा।अर्घाखाँचीको शितगंगा नगरपालिकामा भलिबल प्रतियोगिता सम्पन्न भएको छ।घाेरबन्दा सेवा समाजको आयोजनामा भएको प्रथम स्व. हिरा गुरुङ स्मृतिकप भलिबल प्रतियोगिताको प्रथम उपाधि मालारानी गाउँपालिकाले जित्न सफल भएकाे छ।
जसले प्रथम पुरस्कार ५१हजार१सय५१ रुपैयाँको चेक शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
यस्तै दाेस्राेमा शितगंगा नगरपालिकामा रहेको घाेरबन्दा सेवा समाजको टिम भएको छ।उसले ३१हजार१सय३१को चेक ,शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेको छ।तेस्रो स्थान भएको सन्धिखर्क नगरपालिकामा रहेको दरबार युवा क्लब खाँचीकाेटले २१हजार १सय२१को चेक, शिल्ड मेडल ,प्रमाणपत्र प्राप्त गरेकाे छ।
कमेन्ट गर्नुहोस !