सन्धिखर्कमा भ्यान दुर्घटना हुँदा २ जना घाइते

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीकोमा भ्यान दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।सन्धिखर्क नगरपालिका–२ कुरमा लु ३ त ४३५८ नम्बरको मारुती भ्यान दुर्घटना भएको हो ।
दुर्घटनामा २ जना घाइते भएका छन। घाइते हुनेमा रुपन्देहीको सुद्वोधन गाउँपालिका वडा नम्बर १ का संजय कुमार हरिजन र गाडी चालक बुटवल उपमहानगरपालिका ११ बुद्वनगरका सुन्दर विक रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक दिपेन्द्र रावलले जानकारी दिनुभयो ।
घाइते दुबै जनालाई थप उपचारको लागि बुटवल पठाएको छ ।भ्यान बुटवलबाट प्युठान जाँदै गर्दा सन्धिखर्क नगरपालिका वडा नम्बर २ कुरमा दुर्घटना भएको हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close