पाणिनी गाउँपालिकामा डिजिटल हाजिरी सुरु

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीको पाणिनि गाउँपालीकाले डिजिटल हाजिरी सुरु गरेको छ । गाउँपालिकाले ढड्डा हाजिरी रजिस्टर हटाएर ई–हाजिरीमा ल्याप्चे लगाउन शुरु गरेको हो ।पालिका भित्र सुशासन तथा समय व्यवस्थापन गर्न गाउँपालिकाले, पालिका भित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्थामा रहेका सबै कर्मचारीको लागि ई–हाजिरीको व्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले बताउनुभयो ।
कर्मचारी समयमा उपस्थित नहुँदा सेवाग्राहीको काममा कुनै ढिलासुस्ती नहोस् भनेर यो प्रविधि लागू गरिएको उहाँले बताउनुभयो । यो सेवा सँगै कर्मचारी ड्युटीमै सहज तरीकाले भेटिने प्रमुख प्रशासकिय अधिकृत न्यौपानेको भनाइ छ ।यो सँगै पालिकामा कुन कर्मचारी कुन क्षेत्रको काममा खटिएको छ भन्ने विवरण सहज तरिकालाई नागरिकले पनि जानकारी पाउने बताउनुभयो ।
कमेन्ट गर्नुहोस !