अर्घाखाँचीःछत्रदेवमा आगलागि १० लाख बढीको क्षति

सन्धिखर्क । अर्घाखाँचीको छत्रदेव गाउँपालिका ३ मथुराको चापटारीमा आगलागी हुँदा १० लाखभन्दा बढीको क्षति भएको छ। सोहि ठाँउका युवराज पाण्डेको फेन्सी पसल र होटलमा आगलागी हुँदा १० लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

आगलागीमा पसलमा रहेका फेन्सी, कपडा तथा कस्मेटिकका सामान, होटलमा रहेका सामग्रीहरू नष्ट हुँदा १० लाख ६८ हजार बराबरको क्षति भएको जिल्ला कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिनुभयो। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close