अर्घाखाँचीःसन्धिखर्कमा ट्याक्टर दुर्घटना हुँदा १जनाको मृत्यु

सागर महत ,सन्धिखर्क ।अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार सन्धिखर्क नगरपालिका वडा नम्बर ९ राजुपानीका १४ वर्षिय सन्दिप विक रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १० धरम्पानीमा रहेको आदर्श आधारभूत विद्यालयको घुम्तिमा ट्राली फुत्कीएर लु ३ त ६४८ नम्बरको मुढा बोकेको ट्याक्टर दुर्घटना हुँदा विकको घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक दिप्रेन्द्र रावलले जानकारी दिए।सल्लाका मुढाले च्यापिएर उनको मृत्यु भएको हो।घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !