कांग्रेस सुधारको लागि पाटी भित्र एकता हुन सकेमात्र संगठन मजबुत हुन्छःउपसभापति खनालको भनाइ

अर्घाखाँची ।नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति राजु खनालले पाटी भित्र एकता हुन सकेमात्र संगठन मजबुत हुने बताउनु भएको छ ।
पाटी भित्रै बढ्दो आरोप प्रतयारोप र असहयोग गर्ने परिपाटीले कांग्रेसको संगठन राम्रो नहुने उहाँको भनाई छ । स्थानीय, प्रदेश र संघको निर्बाचन पछि मात्र पाटीको अधिवेशन गर्नु पर्ने विधान कांग्रेसले ल्याउनु पर्ने बताउनु भयो ।
विपि स्मृति भवन सन्धिखर्कमा भएको कार्यक्रममा मन्तव्य राख्दै प्रदेश स्वास्थ्य मन्त्री समेत रहेका खनालले कांग्रेसले गरेका कामहरुको प्रचारप्रसार गर्न नसकेको बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु प्रसाद खनाल (मुस्कान), पुर्ब सभापति कमल प्रसाद भुसाल, प्रदेश सदस्य शान्ता भण्डारी, जिल्ला उपसभापति बाबुराम पौडेल, सचिव अच्युत गौतम, लगायतले जिल्लाका समस्याको बारेमा मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठको अध्यक्षता र सचिव कृष्ण प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको हो।
कमेन्ट गर्नुहोस !