सन्धिखर्कमा कुकुरको बन्ध्याकरण सुरु

सागर महत, सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कुकुरको बन्ध्याकरण अभियान आजबाट सुरु गरेको छ ।नगरपालिका क्षेत्रमा रहेका घरपालुवा र छाडा कुकुरलाई बन्धाकरण तथा रेबिज विरुद्वको म्याक्सिनेसन लगाउने सुरु गरिएको सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो।


बिहान र रातिको समयमा बाटोमा हिँड्ने व्यक्ती, बालबालिका तथा पशुचौपायलाई छाडा कुकुरले जथाभावी टोक्ने र सडकमा दुर्घटना गराउने जोखिम बढाएकाले पनि यो शिविर महत्वपुर्ण हुने बताउनुभयो ।यस्तै अबको १० वर्ष भित्रमा कुकुर संख्या कम गर्नको लागि पनि जिल्लाका सबै पालिका लाग्न आवश्य भएको उहाँले बताउनुभयो ।

नगरपालिका को वडा नम्बर १ मा रहेको कोल्डस्टेर भवनमा संचालन गरिएको शिविर ४ दिनसम्म चल्ने भएको छ । बन्ध्याकरण शिविरमा कुकुरको खानाको नगरपालिकाले नै व्यवस्था गरेको छ । २सय ५० वटा कुकुरको बन्धाकरण गर्ने भनिएता पनि आवश्यक परेमा थप गर्न सकिने नगर प्रमुख श्रेष्ठको भनाइ छ ।


शिविरमा नगरपालिकाको आर्थिक सहयोग र प्राविधिक सहयोग वातावरण तथा सामाजिक रुपान्तरण लागि युवा नामक संस्था रुपन्देहीको रहेको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close