चोरी भएको शिशुको सकुशल उद्धार

काठमाडौं । काठमाडौं थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट चोरी भएको शिशु काँडाघारीमा फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौका शिशु चोरी भएको आठ घण्टापछि शुक्रबार मध्यरातमा काठमाण्डौंको काँडाघारीबाट सकुशल फेला पारिएको हो । शिशु लिएर जाने महिला, उनका श्रीमान र महिलाकी बहिनीलाई पनि पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बच्चा चोरीमा संलग्नहरुको नाम सार्वजनिक गरिएको छैन् ।

शुक्रबार दिउँसो प्रसूति गृहबाट २६ दिनको शिशु एक महिलाले लिएर गएकी थिइन् । सीसी टीभीमा कैद भएको दृश्यमा मास्क लगाएकी महिलाले शिशु लिएर हिँड्दै गरेको देखिएको थियो । शिशु चोरी भएको भन्दै काभ्रे घर भएकी सविना श्रेष्ठले जिल्ला प्रहरी परिसर काठमाण्डौमा उजुरी दिएपछि घटना बाहिर आएको हो।

विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि बालिकाको चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको छ। काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा शुक्रवार अपरिचित महिलाले चोरेर भागेकी थिइन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close