एसिसी महिला प्रिमियर कपमा क्रिकेटमा नेपाल मलेसियासँग पराजित

काठमाडौँ ।एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भएको छ । जितका लागि १ सय १६ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

त्यसअघि बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १ सय १५ रन मात्रै बनाउन सक्यो ।यो खेल जित्दै फाइनल प्रवेश गरेको मलेसियाले यसै वर्ष हुने महिला टी २० एसिया कप क्रिकेटमा स्थान बनाएको छ ।एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासहित वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीले सहभागिता जनाउनेछन् ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close