कमिसनको आरोपमा मालारानीमा प्रधानाध्यापकलाई कालो मोसो दलो बैध नेतृत्वको पार्टीले,पालिका र शिक्षकसंघ को बिज्ञप्ती

अर्घाखाँची ।मोहन बैध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीले मालारानी गाँउपालिका वडा नम्बर ८ मा रहेको बालशिक्षा माध्यमिक विधालयका प्रधानाध्यापक राजेन्द्र पन्थीलाई विभिन्न १० बुद्धे माग सहित कालो मोसो दलेको छ ।
जिल्ला संयोजक ज्वालाले पार्टीको तर्फबाट निकालिएको विज्ञप्तीका अनुसार दिवा खाजाको रकम हिनामिना गरेको,अनावश्यक रुपमा शिक्षक नियुक्ती गरी घुस खाएको,विद्यालय निर्माण गर्दा कमसल काम गराइ कमिसन खाएको,विद्यालयमा राजनिधि गतिविधी गरेको लगायतका विषयमा पटक पटक पार्टीले सुधारका लागि आग्रह गर्दा समेत नमानेकाले कालो मोसो दलिएको बताएको छ ।

 

यस्तै मोहन बैध नेतृत्वका एक नेता का अनुसार ४ वर्ष अघिदेखि सुधारका लागि आग्रह गरियो अहिले सम्म सुधारका लागि कुनै गतिविधि नगरेको र पहिलो चरणमा कालोमोसो दलिएको उहाँले बताउनुभयो ।पहिला पालिकाका जनप्रतिनिधिको सहभागीतामा पनि आगामी दिनमा गल्ती नगर्ने  प्रधानाध्यापक पन्थी संग सहमती भएको थियो ।अहिले त्यो विपरीत भयो अनि कालोमोसो दल्न बाध्य भयै ।

विद्यालयका प्रधनाध्यापक राजेन्द्र पन्थीलाई कालो मोसो दल्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मालारानीमा रहेको ईलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख ईश्वरी अधिकारीका अनुसार आइतबार विद्यालयमा जाने क्रममा उनलाई कालो मोसो दलेको बताउनुभयो ।कालो मोसो दलेको आरोपमा नरेश्वर पाण्डे र हुकुम खड्कालाई पक्राउ गरिएको उहाँले बताउनुभयो।पक्राउ गरी घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट भैरहेका समेत उहाँले बताउनुभयो ।
यता सामाजिक संजालमा बाहिरीएको भिडियोमा प्रधनाध्यापक पन्थी सँगै मोटरसाइकल उनकी श्रीमती पछाडी बसेर विद्यालय हिडेको देखिन्छ ।सोहि क्रममा २ जना आएर मोटरसाइकल रोकी कालो मोसो दलेको देखिन्छ । मोटरसाइकल रोकेपछि कालो मोसो दल्दा श्रीमतीले त्यस ठाँउमा रहेका लाई बचाउन आग्रह गरेको आवाज भिडियोमा बाहिर आएको छ ।

मालारानी गाउँपालिकाले प्रध्यानाध्यपाक राजेन्द पन्थी माथी हातपात भएको घट्नामा प्रेस बिज्ञप्ती जारी गरि गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।पालिकाका कार्यबाहक अध्यक्ष दिपा पोखेल र प्रमुख प्रशासकिय अधिकृत चेतनारायण कंडेलको संयुक्त हस्ताक्षरमा जारि गरिएको बिज्ञप्तीमा यस्तो भनिएको छ ।


विद्यालयमा जाने क्रममा शिक्षकलाई हातपात तथा अभद्र व्यवहार गरेको भन्दै जिल्लामा क्रियाशील शिक्षकहरूका संघ, संगठनले कडाभन्दा कडा कारबाहीको माग गरेका छन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close