समुदायमा कांग्रेसको अभियान अर्घाखाँचीमा प्रारम्भ

सन्धिखर्क । सबै वार्डमा एकै पटक कांग्रेस समुदायमा जाऔं जनताका कुरा सुनौ भन्ने मुल नारा सहित सुरु भएको समुदायमा कांग्रेसको अभियान अर्घाखाँचीमा प्रारम्भ भएको छ ।
केन्द्रीय सदस्य डा. डिला सग्रौंलाको प्रमुख अतिथ्यतामा सुरु भएको कार्यक्रममा केन्द्रीय सदस्य गंगा साहि ,लुम्बिनी प्रदेका कांग्रेस उपसभापति भुबन प्रसाद श्रेष्ठ, महामन्त्री बिक्रम खनाल ,सहमहामन्त्री निमा गिरि, कांग्रेस अर्घाखाँचीका पुर्प सभापति कमल प्रसाद भुसाल, लुम्बिनी प्रदेस सदस्य शान्ता भण्डारी, कांग्रेस अर्घाखाँचीका महासमिति सदस्य निर्मला क्षेत्री, गुल्मी कांग्रेस महासमिति सदस्य महेन्द्र प्रसाद भण्डारी, कांग्रेस महाधिवेशन प्रतिनिधि सुर्य प्रसाद अधिकारी जिल्ला पदाधिकारीहरु जिल्ला सदस्यहरु क्षेत्रीय सभापतिहरु पालिका सभापतिहरु भातृ सुभेक्षुक सस्थाका अध्यक्ष प्रतिनिधि हरु अगुवा नेताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले समुदायमा कांग्रेसले जनताका समस्या सुन्ने र समधान गर्ने लक्ष्यका साथ अगाडि बढेको बताउनुभएको छ ।
हाल सम्मको अभियानको क्रममा स्थानीय ,प्रदेश र संघ सरकारको काम प्रतिको जिज्ञासा बुझदै जाँदा कांग्रेस सत्ता मोहमा हैन झुपडी सम्मका जनताका समस्या लाई छिटो भन्दा छिटो समधान गर्न आग्रह गर्ने सुझाव पनि आएको बताउनुभएको हो ।केन्द्रीय सदस्य डा। सङ्ग्रौलाले नेपाली कांग्रेसले जनताका माझमा गएर जनताका राय सुझाव लिनुका साथै कांग्रेसले ती राय सुझावलाई कार्यान्वयन गर्ने बेला आएको भन्दै अब सबैले कुराभन्दा पनि काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम जिल्ला सभापति केसब श्रेष्ठको सभापतित्व ,उपसभापति बाबुराम पौडेलको स्वागत मन्तब्य र जिल्ला सचिब कृष्णप्रसाद खनालको संचालनमा सम्पन्न भएको हो ।कार्यक्रममा वडा तह ,पालिका तह,जिल्ला तहका हालका समस्या बारेमा सहभागीले जिज्ञासा तथा बिचार राखेका हुन ।समुदायमा कांग्रेस अभियान ६१ वटा वडामा पुग्ने समेत जनाएको छ ।




कमेन्ट गर्नुहोस !