अर्घाखाँचीमा गाईभैँसीको बाँझोपन निवारणका लागि ‘डोर टु डोर’ कार्यक्रम संचालन

सागर महत ,अर्घाखाँची ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीले गाईभैँसीको उपचारका लागि ‘डोर टु डोर’ कार्यक्रम संचालन गरेको छ ।

पहिलो चरणमा व्यावसायिक रूपमा गाईभैँसीपालन र डेरी कोरिडोर क्षेत्र अन्तर्गत घरदैलो सेवामा जिल्लाको सन्धिखर्क नगरपालिका ,भुमिकास्थान नगरपालिका र पाणिनी गाउँपालिकामा यो अभियान सुरु गरिएको विज्ञ केन्द्र अर्घाखाँचीका प्रमुख विष्णु पौडे्लले बताउनुभयो
दुधालु गाईभैँसीमा प्रजनन विकृति निवारणका लागि कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । “गाईभैँसीमा बाँझोपन भयो भने प्रजनन नहुने र दूध उत्पादन पनि नहुने हुन्छ” उहाँले भन्नुभयो, “उपचारपश्चात् प्रजनन हुने र दूध उत्पादन पनि हुने पौडे्ेलले बताउनुभयो। पशुको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि किसानलाई कार्यालयले निःशुल्क उपलब्ध गराउने गरेको भनाइ छ । ।सोहि कार्यक्रम अन्तर्गत ७० गाईभैंसीको उपचार गरिएको हो । केन्द्रले कार्यक्रम सञ्चालन गरेपछि किसान खुसी भएका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close