एसईईको परिक्षाको तालिका सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ देखि २७ गतेसम्म संचालन हुने भएको छ।राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले एसईईको तालिका सार्वजनिक गरेको छ।
परीक्षाका लागि ४ लाख ८९ हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ।
कमेन्ट गर्नुहोस !