८० वर्षको उमेरमा बिहे

काठमाण्डौं। दार्चुलामा पुरुष ८० वर्ष र महिला ७० वर्ष कटेका बिच विवाह भएको छ । जिल्लाको हिमाल गाउँपालिका वडा नम्बर ६ मज्जे बस्ने राइसिंह धामी र बिन्दु धामीले वैधानिक विवाह सम्पन्न गर्नुभएको हो ।

पनाती पनातिनी समेत भइसकेका राइसिंह र बिन्दुले गाउँमै बुढेसकालमा धूमधामसँग बिहे गर्नुभयो । धामी दम्पतिको परिवारको संख्या ३१ जना रहेको छ । बिहेभोजमा सबै स्थानीय आफन्त, इष्टमित्रले यो उमेरमा बिहे गरिरहेका धामी दम्पतीलाई जिस्क्याएर रमाइलो गरेका थिए ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close