राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट उठेका उम्मेदवार संग परिचयात्मक कार्यक्रम सन्धिखर्कमा सम्पन्न

सन्धिखर्क ।राष्ट्रिय सभा निर्वाचन २०८० का उम्मेदवारहरु संग परिचयात्मक तथा प्रचार प्रसार कार्यक्रम अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । माघ ११ गते निर्वाचन हुनुपुर्व सन्धिखर्कमा कार्यक्रम गरिएको हो।राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट पाँच दलिय संयुक्त गठबन्धनबाट नेपाली कांग्रेसकी विष्णु सापकोटा र माओवादी केन्द्रबाट झक्कु प्रसाद सुवेदीको उम्मेदवारी रहेको छ ।सापकोटाको घर गुल्मी हो भने सुवेदीको घर रोल्पा हो ।
कार्यक्रममा बोल्दै उम्मेदवारहरुले जनताको हित विपरीत कुनै पनि कार्य नगर्ने बताएका थिए।दाङमा हुने निर्वाचनमा प्रदेश सांसद,पालिका प्रमुख,उपप्रमुखले मतदान गर्ने छन ।मत परिणाम अनुसार गठबन्धन तर्फको मत परिणाम लुम्बिनी प्रदेशमा ६४ प्रतिसत रहेको बताएको छ ।
नेपाली कांग्रेसकी सचेतक तथा लुम्बिनी प्रदेश सांसद निमा गिरीले केन्द्र सरकारले प्रदेश सरकारलाई काम गर्न अधिकार प्रदान गरेमा प्रदेश सरकार काम गर्नको लागि सक्षम रहेको बताउनुभयो ।केहि ऐन कानुन नबन्दा समस्या उत्पन भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन श्रेष्ठ,नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य छमकुमारी खनाल (चिनारी) लगायतले सुभकामना मन्तव्य राखेको कार्यक्रममा शितगंगा नगरपालिका प्रमुख छविलाल पाडे्ेल,भुमिकास्थान नगरपालिका प्रमुख झविलाल थापा,छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ लगायतको सहभागीता रहेको कार्यक्रम नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठको अध्यक्षता राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीको संचालनमा सम्पन्न भएको छ ।
कमेन्ट गर्नुहोस !