शान्ति समाज अर्घाखाँचीद्वारा सदरमुकाम सन्धिखर्कमा विरोध प्रर्दशन

सन्धिखर्क ।मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा विरोध प्रर्दशन गरेको छ ।
पछिल्लो चरणमा आएको एनसेल घोटाला प्रकरणविरुद्ध शान्ती बगौंचामा विरोध प्रर्दशन भएको हो ।विरोध प्रर्दशनमा ‘शीर्ष नेता मिलेका, खरब खरब निलेका’ लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड सहित प्रर्दशन गरिएको थियो ।

त्यस अवसरमा शान्ति समाजका आर्घाखाँची शाखा सभापति निलकन्ठ भुसालले विगत एक वर्षमा भ्रष्टाचार र घोटालाका दर्जनौं प्रकरणहरु आएको भन्दै अधिकांश प्रकरण प्रमुख राजनीतिक दलहरुकै मिलेमतोमा दबाइएको बताउनुभयो ।कार्यक्रममा शान्ती समाज अर्घाखाँचीका पुर्व सभापति अशोक पौडे्ल ,नेत्र मरासीनी लगायतको पनि सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close