रवि लामिछाने अर्घाखाँची आउँदै

सन्धिखर्क ।राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछाने अर्घाखाँची आउने भएका छन ।यहि माघ २० गते राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको खुल्ला सभामा सम्वोधन गर्न सभापति लामिछाने सहितका नेताहरु अर्घाखाँची आउने कार्यक्रम रहेको जिल्ला सभापति हरिप्रसाद भुसालको भनाइ छ ।
गत कार्तिक २० गते जाजरकोट भुकम्पका कारण रोकिएको खुल्ला सभा अहिले गर्न लागिएको समेत जनाएको छ ।
कमेन्ट गर्नुहोस !