२६ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा सन्धिखर्कमा प्रभातफेरी

सन्धिखर्क । ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ ’भन्ने मूल नाराका साथ २६ औँ भूकम्प सुरक्षा दिवस– २०८० अन्तर्गत सचेतना प्रभातफेरी अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ ।जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा भएको प्रभातफेरी प्रश्यात आयोजित कोण सभामा बोल्ने बक्ता हरुले समुदाय र घरपरिवारमा भुइँचालोे वा अन्य सम्भावित प्रकोपबारे छलफल गर्ने र परिवारका सदस्यलाई भुइँचालो आएमा कसरी सुरक्षित रहने भन्ने कुराको जानकारी दिने ,प्रत्येक कोठाको सुरक्षित स्थान थाहा पाइराख्ने ,घरबाट नजिकको सुरक्षित स्थान पहिचान गर्ने जस्ता विषयमा सचेत भएमा पनि सुरक्षित हुन सकिने बताएको हुन ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल ,सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य ,रेडक्रस अर्घाखाँचीका सभापति कुशल भुसाल लगायतको सहभागी रहेको कार्यक्रम जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासकीय अधिकृत नुमलाल पन्थीको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close