देउराली बहुउदेश्यीय सहकारी संस्था लिमिडेटको बार्षिक साधारण सभा सन्धिखर्कमा सम्पन्न

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सहकारीलाई कृषि र साना उद्योगमा लगानी गर्न आग्रह गर्नुभएको छ । सन्धिखर्कमा भएको देउराली बहुउदेश्यीय सहकारी संस्था लिमिडेटको प्रथम बार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सहकारीमा जम्मा भएको रकम अब उत्पादनमा लगाउन आग्रह गर्नुभएको छ ।
नगरभित्र संचालीत सहकारीलाई नाफा मुखी मात्र नभइ सेवामुखी बन्न समेत आग्रह गर्नुभएको हो। जसको लागि नगरपालिकाले सहकार्य गरी काम गर्न तयार भएको बताउनुभएको हो ।सन्धिखर्क २ का वडा अध्यक्ष मोतीजंग रायमाझीले सहकारीलाई परिणामुखी काम गर्न सुझाव दिनुभयो ।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष गोबिन्द बन्जाडे, सचिब प्रेम प्रकाश पाण्डे, कोषाध्यक्ष सुजता झण्डारी पिसी, लेखा सुपरिवेक्षण समितिका योगेन्द्र खड्काले छुट्टा–छुट्टै प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।कार्यक्रममा सन्धिखर्क १२ का वडा अध्यक्ष नारायण खड्का ,सहकारीका सल्लाकार समितिका युबराज खत्री,सिद्वि प्रसाद भुसाल,टोपलाल खनाल लगातको पनि सहभागीता रहेको कार्यक्रम संस्थाका अध्यक्ष गोबिन्द बन्जाडेको अध्यक्षता, उपाध्यक्ष भेषबहादुर बिसीको स्वागत मन्तब्य र सचिब प्रेम प्रकाश पाण्डेको संचालनमा सम्पन्न भएको हो ।कुल पुँजी १ करोड १७ लाख ५६ हजार १सय ५६ रहेको संस्थाका व्यवस्थापक पदम भुसालले बताउँनुभयो ।संस्थाको शेयर पुँजी १ करोड८० हजार ३ सय रहेको छ ।संस्थामा ३ सय ३ जना शेयर सदस्यहरु आबद्ध रहेका छन भने यस्तै ३८ लाख ५० हजार भन्दा माथी ऋण लगानी गरेको छ ।अर्घाखाँचीको ग्रामीण भेगमा संचालीत जिल्लाको सबै भन्दा पुरानो देउराली यातयात प्रा.लि .द्वारा सहकारी संचालनमा आएको हो ।
कमेन्ट गर्नुहोस !