छत्रदेव गाउँपालिका र रूरूक्षेत्र गाउँपालिका बिचमा विश्रामस्थल बनाउने बारेमा छलफल

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका र गुल्मीको रूरूक्षेत्र गाउँपालिकाको लागत साझेदारीमा पवित्र रिडीधाममा दाह संस्कार कार्य गर्न आउनुहुने मलामीहरूको सुविधाको लागी छत्रदेव—रूरूक्षेत्र विश्रामस्थल बनाउने बारेमा छलफल भएको छ ।
शौचालय, खानेपानी र बस्नेस्थल निर्माणको लागी प्रारम्भिक छलफल भएको जनाएको छ ।स्थान छनोट कार्यक्रममा छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, रूरूक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे छत्रदेवका प्रमुख प्रशासकिय अधिकृत भेषराज घिमिरे, ईन्जिनीयर साजन पाण्डे लगातको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !