सन् २०२४ को सुरुवातमा आज राति पहिलो उल्का वर्षा देखिने

काठमाण्डौं ।आज राति आकाशमा सन् २०२४ को पहिलो उल्का वर्षा देखिने भएको छ ।भूतप नामक उल्का वर्षा आज राति ११ बजे पछिदेखि भोलि बिहान सूर्योदयभन्दा अगाडि हेर्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।नाङ्गो आँखाले नै उल्का वर्षाको अवलोकन गर्न सकिने उहाँको भनाइ छ ।
आगोका झिल्का जस्तै देखिने उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछन् ।उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको पनि भन्ने गरिएको छ ।
कमेन्ट गर्नुहोस !