बालुवाटारमा ओली

काठमाडौं । राष्ट्रियसभाको सीट भागबन्डाको लागि बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । भोलि बिहान ९ बजे बस्ने गरी गठबन्धनको बैठक सकिएको हो ।बैठक सकिएलगत्तै एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार प्रवेश गर्नुभएको छ ।
हिजो र आज बसेको कांग्रेस र माओवादीबीचको छलफलमा राष्ट्रिसयभामा एमालेलाई पनि समेट्नेबारे छलफल भएको छ । सोहीअनुसार अहिले गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री प्रचण्डले ओलीलाई पनि सीट भागबन्डाको विषयमा छलफल गर्न बालुवाटार डाक्नुभएको हो ।
एमालेसँगको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत गठबन्धन दलका शीर्ष नेताहरु सहभागी छन् ।
कमेन्ट गर्नुहोस !