अर्घाखाँचीःमालारानीको ७,८ र ९ मा पर्यटन प्रबर्द्धन सम्बन्धी वडास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ७,८ र ९ मा पर्यटन प्रबर्द्धन सम्बन्धी वडास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले ‘अर्घाखाँची पर्यटन प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ ।
मालारानी ७ बामरुकमा भएको कार्यक्रमलाई सम्बधोन गदैं मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले नृसिंह स्थान मन्दिर प्रचारप्रसारका कारणमा ओझोलमा परेको बताउनुभयो ।
५२ हातको अग्लो विशाल शिला,चार वटा मुख भएको गुफा सहितको प्राकृतिक विविधताले भरीएको क्षेत्रमा अझै पनि सडक संजालका काम गर्न बाँकी रहेको बताउनुभयो ।
वडा अध्यक्ष खडक प्रसाद भुसालले वडा भित्र रहेका माइकोथान भगवती मन्दिर लगायतका क्षेत्र भएपनि अहिले प्राथामिकतामा नृसिंह मन्दिर रहेको बताउनुभयो ।
यस्तै मालारानी ८ मा भएको कार्यक्रम कार्यवाहक वडा अध्यक्ष बलबहादुर हैजाली यो अभियानलाई सबैले साथ दिएर अगाडी बड्न जरुरी रहेको बताउँनुभयो ।सोहि वडामा राँगामारे मन्दिरलाई पर्यटकीय गन्तव्यको प्रमुख स्थान छनोट गरिएको छ ।
वडा नम्बर ९ मा भएको कार्यक्रममा वडा अध्यक्ष महेन्द्रबाबु खनालले धेरै प्रचुर संभावना पर्यटकीय क्षेत्रमा रहेको वडाबाट हिमशृङखला,अग्लो डाडाँबाट तराईको समथर भुभाग जिल्लामा सराय नाचमा जमघटन सबै भन्दा बढी पनि यस स्थामा रहे पनि हाललाई वटाबाट रुन्द्र गुफालाई पर्यटकीय स्थलको प्रमुख गन्तव्य बनाउने निर्णय भएको बताउँनुभयो ।
वडाका जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधि, विद्यालयका प्रअ, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेबिका, आमा समुहका प्रतिनिधि,सहकारी संस्थाका प्रतिनिधि लगायत स्थानिय अगुवाहरुको उपस्थिती रहेको कार्यक्रमा पत्रकार श्याम घिमिरे,सागर महत,सिद्धार्थ केसी,प्रकाश चुँदाली र इन्द्रलाल रेग्मीले अभियानको विषयवस्तुमाथि प्रकाश पार्नु भएको थियो ।
कमेन्ट गर्नुहोस !