छत्रदेवमा २सय६७ जना किशोरीको रक्तअल्पता परीक्षण गरियो

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा सामुदायिक विद्यालयका किशोरीको रक्तअल्पता परीक्षण कार्यक्रम भएको छ । गाउँपालिकाको महेन्द्र विद्यावोध नेत्रलाल राममणी मा.वि. छत्रदेव ४, बल्कोट र सरस्वती मा.वि .छत्रदेव ८, सूर्यथुममा कार्यक्रम सम्पन्न भएको गाउँपालिकाका स्वास्थ्य शाखा बुद्धि राम न्यौपानेले जानकारी दिनुभयो ।स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजना र गाउँपालिकाको समन्वयमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा २सय६७ जना किशोरीहरुको रगत परीक्षण गरिएकोमा करिव ४ प्रतिसत किशोरीहरुमा समान्य खालको रक्त अल्पता भएको पाइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि राम न्यौपानेले बताउनुभयो । कार्यक्रममा अर्घाखाँची अस्पताल तथा बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रका प्रयोगशालाकर्मी र विद्यालयका शिक्षकहरुले पनि सहयोग पुर्याएको जनाएको छ ।
कार्यक्रममा छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरे,स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपाली, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख मणिराम पराजुली, स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय वि क, विद्यालयका शिक्षक लगातको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !