वन उपभोक्ता महासंघ अर्घाखाँचीको आयोजनामा मालारानीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्य भुसाल ,सन्धिखर्क ।सामुदायिक वन उपभोक्ता महासंघ अर्घाखाँचीको आयोजनामा वन अधिकार सुनिश्चितता परियोजना अन्तरगत स्थानीय वन ऐन र कार्यविधि सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम मालारानि गाउँपालिकामा सम्पन्न भएको छ । यस्तै वन क्षेत्रको हालको अवस्था र आगामी दिनको कार्ययोजना माथी पनि छलफल भएको डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख इश्वरी प्रसाद पौडेलले बताउनुभयो ।

जिल्ला महासंघ,अर्घाखाँचीका अध्यक्ष मधु कुमार श्रेष्ठ को अध्यक्षता, मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराई को प्रमुख आतिथ्यता, डिभिजन वन कार्यालय प्रमुख इश्वरी प्रसाद पौडेल को विशिष्ट आतिथ्यता मा सम्पन्न भएको कार्यक्रममा मालारानी गाउँपालिका निमिक्त प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थी मालारानी सब डिभिजन वन कार्यलयका प्रमुख मोहन मिश्र लगाएतका कर्मचारी स्थानिय जनप्रतिनिधि उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम सस्थाका प्रतिनिधि लक्ष्मण पराजुली को संचालन विष्णु मिश्र को स्वागत मन्तब्य र बिष्णु क्षेत्री सुबेदिको सहजिकरणमा सम्पन्न हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close