प्रेस युनियन अर्घाखाँचीद्वारा ब्लड क्यान्सर पीडित पत्रकार केसीलाई आर्थिक सहयोग

प्रविन भट्टराई,सन्धिखर्क। नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले पत्रकार दीपक केसीको उपचारका लागी आर्थिक सहयोग हस्तातरण गरेको छ ।अर्घाखाँची घर भएका केसी हाल कपिलवस्तुमा पत्रकारिता गर्दै आएका थिए । ब्लड क्यान्सरले पीडित पत्रकार केसीको उपचारका लागि आर्थिक सहयोग हस्तातरण गरेको युनियन जिल्ला अध्यक्ष लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।
भारतमा उपचार गराइ रहेका केसी हाल रेडियो समानता कपिलवस्तुमा कार्यरत रहनुभएको थियो । । उहाँले अर्घाखाँचीको सामुदायिक रेडियो देउरालीका १०१ मेगाहर्जमा समेत काम गर्नुभएको थियो । उपचारका केही भए पनि टेवा पुगोस् भनेर शाखाको तर्फबाट २७ हजार आर्थिक सहयोग गरिएको कोषाध्यक्ष सागर महतले जानकारी दिनुभयो ।
युनियनले केसीको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
कमेन्ट गर्नुहोस !