गुल्मीको मालीकामा निशुल्क आखाँ शिविर सम्पन्न

गुल्मी ।गुल्मीको मालिका गाउँपालिकामा निशुल्क आखाँ शिविर सम्पन्न भएको छ ।शिविरबाट १६ सय बढि नागरिकको आखाँ परिक्षण गराएका छन ।
गाउँपालिकाले भित्र रहेका वडामा पुगेर आखाँको चेकजाँच गरेको हो । चेकजाँच पछि १सय१२ जनालाई मतियाबिन्दु भएको पत्ता लागेको शिविरमा खोटिएका डा. सचिन पुनले बताए । वडामा पुगेर चेकजाँचमा १सय१२ जनामा मोतियाबिन्दु रहेको र अपरेसन गनुपर्ने भएपनि जम्मा ६१ जनाको मात्र अपरेसन गरिएको बताए ।
शिविरमा २सय५० जनालाई निशुल्क चस्मा बितरण गरिएको र आखाँको अपरेसन गरिएका ६१ जनालाई निशुल्क औषधि उपलब्ध गराइएको बताइएको छ ।
कमेन्ट गर्नुहोस !