कपिलबस्तुमा बसको ठक्करबाट एक किशोरीको मृत्यु

कपिलवस्तु ।कपिलवस्तुमा बसको ठक्करबाट एक जना किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ लौगाइ बस्ने अन्दाजी १९ वर्ष की सृष्टि बिसी रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८७६५ नम्बरको बसले बाणगंगाको बुङ्चीमा साइकलमा सवार रहेका दुई किशोरीलाई ठक्कर दिँदा सृष्टिको मृत्यु भएको छ भने निर्मला बिसी घाइते भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।घाइते बिसीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताएको छ ।

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close