शितगंगामा तरकारीमा राख्ने विषादी सेवन गर्दा एक जनाको मृत्यु

सागर महत ,सन्धिखर्क ।
अर्घाखाँचीको शितगंगा नगरपालिकामा एक पुरुषको तरकारीमा राख्ने विषादी सेवन गर्दा मृत्यु भएको छ।नगरपालिका को वडा नम्बर ७ मगराकल्लेरीका ६० वर्षीय खुमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

मृतक थापाले गत कार्तिक २९गते तरकारीमा राख्ने विषादी सेवन गर्दा बिरामी परेका थिए।थप उपचारको लागि भैरहवा मेडिकल कलेज लगिएकोमा (शुक्रबार) उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close