इजरायलबाट नेपाली लिएर उड्यो जहाज

काठमाडौं । इजरायलबाट २सय५३ जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ।
इजरायलको तेलअभीभ बेन गुरियनन विमानस्थलबाट द्वन्द्वका कारण अलपत्र नेपाली बोकेर नेपाल एयरलाइन्सको विमान काठमाडौं हिँडेको हो।इजरायलबाट घर फर्कन नाम टिपाएका मध्ये झण्डै आधा नेपाली मात्रै आज फर्किन लागेका हुन् ।
उक्त विमान आज राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने बताइएको छ। नेपाली विद्यार्थी ल्याउनको लागि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली गएराति इजरायल प्रस्थान गरेको थियो ।
इजरायल र गाजाबीचको युद्धका कारण इन्टर्नसिप गर्न इजरायल पुगेका नेपाली विद्यार्थीहरू स्वदेश फर्किन लागेका हुन् ।
कमेन्ट गर्नुहोस !