कपिलबस्तुःसर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु

कपिलबस्तु । कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ ।मङ्गलवार राति सर्पले डसेर बिरामी भएका वाणगङ्गा नगरपालिका वडा नम्बर ९ जिनुवाका मोतीलाल क्षेत्रीका ३ वर्षीया छोरी रीतिका र ८ वर्षीया छोरी इशिकाको मृत्यु भएको वडाअध्यक्ष कमल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आमासँग सुतिरहेका उनीहरुलाई राति सर्पले डसेको थियो । उनीहरुको उपचारको क्रममा हिजो लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो
सर्पले डसेको थाहा पाएपछि दुबैलाई उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो ।तर त्याहा उपचार हुन नसकेपछि उनीहरलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको भएपनि दुबैको मृत्यु भएको छ ।
कमेन्ट गर्नुहोस !